ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

नेपालगाथा २०७८ फाल्गुण १८ गते बुधबार १४:१३:५८ मा प्रकाशित

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । 

 बैठक सात मिनेट ३६ सेकेन्ड बसेर सकिएको हो ।बुधबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको थियो ।एमालेले पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संसद बैठकमा अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top