होमपेज / राजनीति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।
आज साँझ ७ बजेसम्म लगाइएको उक्त कर्फ्यू हटाएर प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।