होमपेज / राजनीति
काठमाडौं । प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता डा. भीम रावललाई व्यक्तिगत रुपमा हिरो देखिन खोजेको भन्दै अनुशासनहीन काम गरेको बताएका छन् ।
एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताए ।'भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ,' एमसीसीको विरोध गर्ने सांसदलाई के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले भने ।
अध्यक्ष ओलीले रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।