ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुखले केपी ओलीको सामु घुँडा टेक्ने नचिताए हुन्छ, हामी दृढ भएर उभिन्छौँ:माधव नेपाल

नेपालगाथा २०७८ फाल्गुण १७ गते मंगलबार १५:४९:४७ मा प्रकाशित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाले ‘केपी ओलीको अगाडि घुँडा टेक्न जरुरी नरहेको’ बताएका छन् ।

नेपालले सभामुखका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका हुन् ।

“सभामुखले केपी ओलीको सामु घुँडा टेक्ने नचिताए हुन्छ, हामी दृढ भएर उभिन्छौँ,” उनले भने, “जुन सभामुखले सांसदको अधिकार रक्षा गर्नुभएको छ, संसद्को गरिमा जोगाएर राख्नुभएको छ, उहाँमाथि धारेहात लगाउने ? आरोप लगाउने ? गरिमाको रक्षा नगर्ने ? त्यसकारण हामी सभामुखको पक्षमा दृढ भएर उभिन्छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top