होमपेज / राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमा अहंकार भरिएको बताएका छन् ।
नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरेका छन् । तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको उनको दाबी छ ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ओलीमा देशभक्तिको भावना नभएको भन्दै आफू सक्षम हो भने तर्क र बहस गर्न मैदानमा आउन चुनौती दिए ।“एमसीसीमा समर्थन छ भन्ने अनि सर्त राख्ने,” उनले भने, “सर्त पनि सभामुखलाई अभियोग लगाउन, गठबन्धन तोड, केही प्रदेशमा मुख्यमन्त्री देऊ, केही मन्त्री देऊ, माधव नेपालको सांसदलाई कारबाही गर, पार्टी खारेज गरिदेऊ भन्ने राखेछन् ।”
एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताएका छन् ।