होमपेज / राजनीति
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएका छन्।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले जिम्मेवार पार्टी भएकाले सक्छु भन्ने हेक्का भए पनि महाअभियोगको विषयमा परिस्थिति हेरेर बसेको बताए ।
‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले संसद्लाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुखले गैरकानुनी काम गरेको उनकोे आरोप छ।