होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसी राष्ट्रिय स्वाधीनतामा असर नपर्ने गरी कार्यान्वयनमा लानुपर्ने बताएका छन् ।
एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष ओलीले एमसीसीको व्याख्यात्मक घोषणालाई नेपाली जनता झुक्याउने ठगी पत्रको संज्ञा दिए ।