ट्रेण्डिङ

होमपेज / राजनीति

चैत्र १५ अघि नै कर्मचारी सरुवा गर्न सरकारलाई आयोगले पठायाे पत्र

नेपालगाथा २०७८ फाल्गुण १६ गते सोमबार १८:४६:४९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई चैत १५ गते अगावै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । 

सोमबार बसेको आयोगको बैठकले चैत १५ गतेभित्रै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्ने र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा/पदस्थापन गरिसक्न भनेको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लगायत सबै कर्मचारीहरू सम्वत् चैत १५ गते भित्रै सरुवा/पदस्थापन गर्न पनि भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top