होमपेज / राजनीति
काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ ।
एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको भोलिपल्टै राजमो गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनमा राष्ट्रिय जनमोर्चासहित पाँचवटा दल थिए । सदनमा जनमोर्चाको एक सांसद छन् ।
“एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “यस्तो जालझेल र षडयन्त्रका लागि हामी मतियार बन्ने कुरा भएन त्यसैले जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।”