ट्रेण्डिङ

होमपेज / राजनीति

सुवालको प्रश्न-सित्तैमा दिएको विष पिउँदा के होला प्रधानमन्त्रीज्यू?

नेपालगाथा २०७८ फाल्गुण १५ गते आइतबार १६:४९:१० मा प्रकाशित

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सित्तैमा पाइयो भन्दैमा विष पिउने हो भने मृत्यु निश्चित हुने बताएका छन् ।

सुवालले व्याख्यात्मक प्रस्तावको औचित्य नभएको बताएका छन् ।आइतबार संसदमा एमसीसीबारेको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले अमेरिकाले स्वीकार नगर्ने व्याख्यात्मक घोषणाको कुनै औचित्य नरहेको बताएका हुन् । 

‘प्रधानमन्त्री देउवाले सित्तैमा आको किन नलिने भन्नुभयो । सित्तैमा दिएको विष पिउँदा के होला प्रधानमन्त्रीज्यू ?’, सुवालले भने । एमसीसी सम्झौता राष्ट्रहितविपरीत रहेको भन्दै सुवालले व्याख्यात्मक टिप्पणीको औचित्य नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top