ट्रेण्डिङ

होमपेज / राजनीति

देव गुरुङको प्रश्न : एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन?

नेपालगाथा २०७८ फाल्गुण १५ गते आइतबार १६:३२:२९ मा प्रकाशित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संशोधनविना अघि बढ्न नसक्ने बताएका छन् ।

 गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् ।

उनले एमसीसीलाई एउटा आर्थिक सहायता परियोजनाको रुपमा मात्रै लिनुपर्ने बताए । ‘सरकारले आर्थिक सहायतासम्बन्धी सम्झौताको रुपमा सम्झौता गरेको थियो, त्यो बेला सदनबाट अनुमोदन गर्ने परिकल्पना थिएन । पछिल्लो समय सदनमा प्रस्तुत गर्ने र यसलाई ऐनकोरुपमा पारित गर्ने भन्ने प्रस्तावले समस्या ल्यायो,’ उनले भने, ‘अब यो संसद्‍बाट अनुमोदन हुने प्रक्रियामा छ, तर यसलाई आर्थिक परियोजनाको रुपमा मात्रै लिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top