ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेलाई सिध्याउन खुलेरै लागेका न्यायाधीशले घरबाटै फैसला लेखे:ओली

नेपालगाथा २०७८ फाल्गुण १४ गते शनिबार १४:१२:१८ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन केही न्यायाधीश खुलेरै लागेको टिप्पणी गरेका छन् ।

एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन(पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सर्वाेच्चका केही न्यायाधीश एमाले सिध्याउन लागिपरेको पुष्टि भएको बताएका हुन् ।

ओलीले भने- पाँच जनाको बेन्च बन्छ,दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ । अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु (न्यायाधीश)त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरु त छन् । एमाले नढाली नहुने थियो,केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top