ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी अस्वीकार गर्दा अमेरिका रिसाएमा नेपालमा आर्थिक संकट आउन सक्छ:एमाले उपाध्यक्ष पाण्डे

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १७:०५:१५ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तक्र्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताए। 

“नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आउनसक्छ । नेपालले एमसीसी सम्झौता अस्वीकार गर्दा अमेरिका रिसाएमा आर्थिक जोखिम र संकट आउन सक्छ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top