होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
देउवासँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।। भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् ।उनीहरूबीच संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा छलफल भइरहेको छ ।
एमसीसी पारितका निम्ति मध्यमार्गी उपाय अपनाएर गठबन्धन जोगाउनुपर्ने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।