ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओलीले भने-एमसीसी चाहियो भनेर निवेदन हाल्नेलाई केही गरिँदैन, म बाटामा हिँड्दा ढुंगा हानिन्छ

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १५:३६:३९ मा प्रकाशित

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हानेको बताएका छन् ।पोखरामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

 ‘आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ताली बजाउने, बाबुराम भट्टराईले एमसिसी अगाडि बढाउनुपर्छ भन्दा ढुंगा नहान्ने, कांग्रेस एमसिसी पास गर्नुपर्छ भन्छ, कांग्रेसका नेतालाई प्रदर्शनकारीले ढुंगा हान्दैन, सभामुखले टेबल गरेका छन्, ढुंगा हानिँदैन, एमसिसी ठीक छ भनेर टुंग्याउने कृष्णबहादुर महरालाई पनि ढुंगा हानिँदैन', ओलीले भने, 'म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन्।'

एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुंगा हानिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top