ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीले संसद बहिष्कार गर्दैन, एमसीसीको विपक्षमा मत हाल्छ:नारायणकाजी श्रेष्ठ

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १५:३०:३६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । 

 सत्तारुढ गठबन्धनभित्र सहमतिको सम्भावना बढ्दै गएको भनिएपनि माओवादी नेता श्रेष्ठले यथास्थितिमा माओवादी एमसीसीको पक्षमा नउभिने प्रष्ट पारेका हुन् ।

सामाजिक संजालमा लेख्दै श्रेष्ठले आफूहरुले एमसिसी विफल पार्न विपक्षमा मतदान गर्ने उल्लेख गरेका छन्। ‘एमसिसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलताका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं।' श्रेष्ठले लेखेका छन्, ‘संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ। यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो। कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ ? सावधान !’

प्रतिक्रिया

सम्बन्धित खवर

Top