ट्रेण्डिङ

होमपेज / राजनीति

स्थानीय तह चुनाव प्रयोजनका लागि एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १५:०३:१४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्त्वको टोलीले दल दर्ता गराएको हो। एमाले महासचिव  शंकर पोखरेलका अनुसार निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको हाे।

 उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top