ट्रेण्डिङ

होमपेज / राजनीति

गठबन्धन जोगाउन माओवादीले अन्तिम प्रयास गर्ने,एमसीसीबारे अडान कायमै

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १४:४३:३३ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको छ । बैठकमा विगत सात महिनाको कांग्रेससँगको गठबन्धनमाथि पनि समीक्षा भएको थियो ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि प्रचण्ड माधव नेपालसँग छलफल गरेर थप रणनीति बनाउने तयारीमा छन् ।प्रचण्डकी स्वकीयसचिव गंगा दाहालले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको जनाएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top