होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ ।
देउवा र अध्यक्ष ओलीबीच आज साँझ फेरि छलफल हुने भएको छ । बिहीबार संसद् भवनमा भएको छलफलपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलुकी ७ बजे दुई नेताबीच छलफल हुने बताए ।
छलफलमा प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापालाई साथमा राखेका थिए भने ओलीले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई सँगै राखेका थिए ।