होमपेज / राजनीति
काठमाडौं । बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा अहिलेपनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ ।
प्रहरीसँगको झडपमा घाइते भएका एकजना आन्दोलनकारीलाई बानेश्वरस्थित एभरेष्ट अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनलाई ट्रमा सेन्टरमा पठाउने तयारी गरेको छ ।
एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् ।