ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा बैठक रोकेर संसद् भवनमै देउवा र ओली किन जुटे छलफलमा?

नेपालगाथा २०७८ फाल्गुण १२ गते बिहीबार १५:३४:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले वार्ता भइरहेको छ ।

संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको थियो ।एसमीसी अनुमोदनका लागि संसदमा टेबल भइसकेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची भए पनि अन्तिममा संसद बैठक नै स्थगित भएको छ ।

सदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top