ट्रेण्डिङ

होमपेज / राजनीति

सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ:झलनाथ खनाल

नेपालगाथा २०७८ फाल्गुण १२ गते बिहीबार १४:५२:३९ मा प्रकाशित

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुनै हालतमा एमसिसी स्वीकार्न नसक्ने बताएका छन्। 

खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले भने, ‘गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य हो। एमसिसीको विषयमा कुनै हालतमा मिल्न सक्दैनौँ। हामी राष्ट्रियताको सवालमा दृढतापूर्वक लाग्छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top