होमपेज / राजनीति
काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दबाब झेल्न नसकेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसी पेश गरेको बताएका छन्।
प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा बारम्बार एमसीसीको कुरा गरिरहेको र दबाबका कारण छिटो टुंग्याउनुपरेको पनि बताउँदै आएको उनले उल्लेख गरे ।
खनालले भने, ‘गठबन्धन बन्नुअघि पनि र गठबन्धनका वेलामा पनि हामीबीच यसबारे विवाद थियो। सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो। त्यो दबाब सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सक्नु भएन।' उनले प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनको बैठकमा एमसिसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण छिटो टुंग्याउनु पर्ने तथा एमसिसी नेपालको हितमै रहेको बताएको पनि उल्लेख गरे। उनले भने, 'दबाब खेप्न नसकेपछि उहाँले पटक-पटक पाँच दलको बैठकमा कुरा राख्नुभयो- चाँडोभन्दा चाँडो टुंग्याउनु पर्छ, यो एकदम नेपालको हितमा छ भन्नुभयो।'