ट्रेण्डिङ

होमपेज / राजनीति

झलनाथ खनालले भने-एमालेसँग समीकरण गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ

नेपालगाथा २०७८ फाल्गुण ११ गते बुधबार १६:१८:५६ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन् ।

उनले  प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका अन्य नेताहरूलाई पनि आफूले देशहित विपरीतका काममा आफूले साथ दिन बताएको जानकारी दिए।बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भने, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ । त्यसले केही फरक पार्नेवाला छैन ।’

कांग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए आकाश नखस्ने खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top