ट्रेण्डिङ

होमपेज / राजनीति

विहीबार बस्ने प्रतिनिधिसभा बैठकमा दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

नेपालगाथा २०७८ फाल्गुण ११ गते बुधबार १६:०२:४६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले विहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

 एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले बुधबार नै कांग्रेसले ह्वीप जारी गरेको हो ।संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरेकी हुन् ।

'प्रतिनिधिसभामा एमसीसीसम्बन्धी प्रस्ताव आउने र त्यसलाई बहुमतले स्वीकृत गर्नुपर्ने भएकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन हामीले भनेका छौं,' उनले भनिन्, 'भोलि पनि महत्वपूर्ण बैठक भएकाले सबैलाई उपस्थित हुन भनिएको हो ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top