होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् ।
अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने आशंका बढिरहेका बेला प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ उल्लेख गरेका हुन् ।
“विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ,” प्रचण्डले भनेका छन्, “उनीहरूले कयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।”