होमपेज / राजनीति
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार (दरपिठ) गरेको छ ।
संविधानको धारा २ सय ७९ अनुसारको विषय नभएकाले यसलाई संसदीय अनुमोदन गराइरहनु नपर्ने मागदाबीसहित अधिवक्ताहरू सुरेन्द्र भण्डारी र स्वागत नेपालले दिएको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको बताए ।