होमपेज / राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।
एमसीसीलाई लिएर पार्टीभित्रै मतभेद भएपछि सोमबार एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको थियो । उक्त बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो।
“संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ । बैठक भोलि पनि बस्छ,” प्रवक्ता जगन्नाथ खतिवडाले भने ।