होमपेज / राजनीति
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् ।
आज बिहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले भने, “देशैभरि माओवादी केन्द्रमा फर्कने र प्रवेश गर्ने लहर नै चलेको छ।”नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको आश्वासन छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता–कार्यकर्ताहरूलाई सोमबार माओवादी केन्द्रमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे।