होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्
पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने उपायको खोजी थालेका छन् ।उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका नेता पौडेलले एमसीसी लगायतका विषयले गिजोलिएको पछिल्लो राजनीतिक परिस्थितिबारे सत्ता साझेदार दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
उनले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटवार्ता गरेका छन्।पौडेलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट्दै छन् ।
माओवादी र नेकपा एसले सदनमा टेबल भएकाे एमसीसीकाे विपक्षमा मतदान गर्ने बताएका छन् । कांग्रेसले जबर्जस्ती एमसीसी सदनमा टेबल गरेकाे यी दुई पार्टीका नेताकाे आराेप छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कांग्रेस शीर्ष नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।