होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले विरोध र विवादका बीच एमसीसी संसद्मा टेबल गरेको बताएका छन् ।
आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
एसमसीसीको विरोधमा उत्रिएका नेता-कार्यकर्तामाथि भएको 'प्रहरी दमन'को विरोध समेत गरेका छन् । साथै, घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।