होमपेज / राजनीति
काठमाडौं । सत्तसाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने बताएका छन् ।
आइतबारको संसद बैठकपछि सञ्चार्कर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकार जेसुकै भए पनि एमसीसी पास गर्न आफूहरूको समर्थन नरहने जनाएका हुन् ।"एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ," उनले भने ।
शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी सदनमा पेस गर्न दिने तर मतदानमा विपक्षमा उभिने निर्णय गरेको थियो ।