होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी अनुमोदनका लागि सहमति नभए सत्ता गठबन्धन टुट्ने बताएका छन् ।
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’
उनले साझा न्यूनतम कार्यक्रममा कुरा मिलेन भने गठबन्धन नरहने बताए ।