ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपाल, अध्यक्ष प्रचण्ड र जसपा नेता श्रेष्ठबीच छलफल

नेपालगाथा २०७८ फाल्गुण ५ गते बिहीबार १५:२०:५८ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग परियोजना एमसिसी र सत्तारुढ गठबन्धनको भविष्यबारे कुराकानी भएको हुन सक्ने नेताहरु निकट स्रोतको भनाइ छ ।

हिजो (बुधबार) सरकारले एमसिसी सम्झौता संसद् बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेस हुन सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top