ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसीमा सत्ता गठनबन्धनका पाँच दल पाँचतिर, एमसीसी बोक्ने कि रोक्ने?

नेपालगाथा २०७८ फाल्गुण ५ गते बिहीबार १०:१४:४३ मा प्रकाशित

काठमाडौं। अमेरिकी सहयोग परियोजना ९एमसीसी० अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिन ११ दिन मात्र बाँकी छ।

विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन।बुधबार संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । बुधबार  बिहान माओवादी केन्द्रको संसदीय दलले तीन नेताबीच भएको सहमतिविपरीत निर्णय गर्‍यो।

प्रधानमन्त्री शेरबहादुर देउवाले १६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए अन्तर्राष्ट्रियस्तरमा देशको छवी बिग्रनसक्ने बताउँदै आएका छन।

अमेरिकी सहयोग परियोजना ९एमसीसी० पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ । दिउँसो ३ बजे बस्न लागेको बैठकमा नेपाली कांग्रेसले एमसीसी टेबल गर्न सत्ता घटकका अन्य दलहरूलाई आग्रह गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top