ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिभण्डारीसमक्ष राजदूतको शपथ

नेपालगाथा २०७८ फाल्गुण ४ गते बुधबार १६:०७:३९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगन्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्व परराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषदको सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top