होमपेज / राजनीति
काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति छ ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
एमसीसीको विरोधमा आन्दोलन चर्किनसक्ने भन्दै अप्रिय घटना हुन नदिनका लागि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।