होमपेज / राजनीति
काठमाडौं ।अभियन्ता ज्ञानेन्द्र शाहीले नेतृत्त्व गरेको हाम्रो नेपाल, हाम्रो अभियान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ ।
दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा ६ फागुनमा गरिने बताए ।
समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो ।