होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।
पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा मन्त्री खतिवडाले झूट बोलेको भन्दै राजीनामा मागिएको उल्लेख छ। एमालेका स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गर्दै मन्त्री खतिवडाले २४ लाख खोप हराएको तथ्यको ढाकछोप गर्नुका साथै खोप खरिद गरेर लगाएको भनेर झुटो अभिव्यक्ति दिएको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।
एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।