ट्रेण्डिङ

होमपेज / राजनीति

हराएको’ २४ लाख डोज खोपबारे मन्त्रीले बुझे प्रतिवेदन, खोप नहराएको निष्कर्ष

नेपालगाथा २०७८ फाल्गुण ३ गते मंगलबार १५:२६:४४ मा प्रकाशित

काठमाडौं । सरकारको तथ्यांकमा नआएको कोभिड–१९ विरुद्धकोे खोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

कोभिड-१९ विरुद्ध २४ लाख मात्रा खोप हराएको भनिएको घटना छानबिन गर्न बनेको समितिले खोप नहराएको निष्कर्ष पनि निकालेकाे छ।छानबिन समितिले धेरै स्थानबाट खोप लगाएकाको विवरण अध्यावधिक गर्न बाँकी रहेकाले तथ्यांक फरक देखिएको निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख छ । समितिले माघ सबै प्रदेश जिल्ला तथा पालिकालाई प्राप्त खोप, लगाइएको र खेर गएको खोपको विवरण अध्यावधि गर्न भनेको थियो।

समितिले खोपको यकिन विवरण राख्नका लागि तथ्यांक प्रणाली व्यवस्थित गर्न सुझाव दिएको पनि बताइएको छ । प्रतिवेदन मन्त्री खतिवडाले अध्ययन गरिसकेपछि मात्रै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ ।

उक्त प्रतिवेदनलाई पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरिने स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top