होमपेज / राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् ।
सोमबार संसद् सञ्चालन तथा नयाँ परिस्थितिको व्यवस्थापनबारे छलफलका लागि सवर्दलीय बैठक डाकेर सापकोटाले बैठकपछि आफू 'अम्पायर'को भूमिकामा मात्र रहेको बताए ।
सापकोटाले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’राष्ट्रिय महत्वका विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको भन्दै सभामुख सापकोटाले आगामी संसद बैठक निर्वाध रूपमा सुचारु हुने विश्वास व्यक्त गरे ।