ट्रेण्डिङ

होमपेज / राजनीति

सांसदको हस्ताक्षर गराएका छौं, नेतृत्वको निर्णयपछि अघि बढ्छौं:विशाल भट्टराईले

नेपालगाथा २०७८ फाल्गुण २ गते सोमबार १६:०१:२९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आएको महाअभियोग प्रस्तावका विषयमा कसरी प्रतिवाद गर्ने भन्ने निर्णय गर्ने जिम्मेवारी नेतृत्वलाई दिएको छ ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र संविधानको अध्ययन गरेर निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

“वस्तुस्थितिको ठोस विश्लेषण गरेर, सम्पूर्ण कानुनको अध्ययन गरेर हिजोका घटनाक्रम र सत्तारूढ गठबन्धनले गरेका सम्पूर्ण व्यवहार कसरी प्रतिवाद भन्ने बारेमा उच्च नेतृत्व बसेर ठोस निर्णय आओस् भनेर सांसदहरूले सुझाव दिनुभएको छ । नेतृत्वले पनि यथाशीघ्र बैठक बसेर विश्लेषण गरेर यथोचित र समयमै निर्णय गर्ने वचनबद्धता जनाउनुभएको छ,” प्रमुख सचेतक विशाल भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top