होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसदले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई 'बोकेर' चुनावमा जान नहुने बताएका छन् ।
जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ ।
आजको संसदीय दलको बैठकमा आफूले चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जाँदा ‘बल्डन्र’ हुने धारणा राखको सांसद घनश्याम भुसालले बताए ।“चोलेन्द्रलाई बोकेर, एमसीसीलाई बोकेर चुनावमा गएपछि पार्टीको के हुन्छ ? त्यो भयंकर बल्डन्र हुन्छ । त्यो नगरौँ,” उनले सञ्चारकर्मीसँग भने ।