ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध फेरि आन्दोलन सुरु गर्ने

नेपालगाथा २०७८ फाल्गुण १ गते आइतबार १०:५८:०७ मा प्रकाशित

काठमाडौं । नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलन फेरि सुरु गर्ने भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो ।बारका अनुसार आज ११ बजे सर्वोच्च अदालत परिसरमा भेला भएर राणाविरुद्ध प्रदर्शन गर्नेछ ।

सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top