ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस कर्णाली प्रदेश सचेतकमा अमृता शाही 

नेपालगाथा २०७८ माघ २६ गते बुधबार १०:२८:१८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।

दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो ।यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो ।

कांगे्रस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top