ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम तय 

नेपालगाथा २०७८ माघ २५ गते मंगलबार १६:४२:०६ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शङ्कर पोखरेलले आज (मंगलबार) प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन्। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ ।

उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

यस्तो छ कार्यतालिका :

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

बागमती प्रदेश– फागुन ६–७, काठमाडौँ

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

प्रतिक्रिया

सम्बन्धित खवर

Top