ट्रेण्डिङ

होमपेज / राजनीति

गगन थापाले भने-निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए

नेपालगाथा २०७८ माघ २५ गते मंगलबार ०९:५१:१६ मा प्रकाशित

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएकाे बताएका छन् ।

सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले अब स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका पनि हटेको दाबी गरेका छन् । 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको निर्णय संविधानको मर्मअनुरूप भएको पनि बताएका छन् ।“वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ ।

अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्,” उनले लेखेका छन्, “सबैले सदैव हेक्का राख्नुपर्दछ– संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top