ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दै बन्दैन:भट्टराई

नेपालगाथा २०७८ माघ २४ गते सोमबार १५:०४:४३ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि कटाक्ष गरेका छन् ।

सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले  प्रचण्डको दोहोरो चरित्रमाथि कटाक्ष गरेका हुन।उनले 'भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवाद' देखाउन तछाडमछाड भइरहेकाे पनि बताएका छन् । 

उनले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रबाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top