ट्रेण्डिङ

होमपेज / राजनीति

के कमल थापाले नयाँ पार्टी दर्ता गर्न लागेका हुन?

नेपालगाथा २०७८ माघ २४ गते सोमबार १४:३६:०४ मा प्रकाशित

काठमाडौं । राप्रपाका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् ।

 थापा पक्षको छुट्टै भेला काठमाडौंमा सुरु भएको छ ।चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

“स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,” थापाले आफू निकटका नेताहरुसँगको छलफलमा भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top