होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
अपराह्न तीन बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा ४ जेठ ०७९ मा निर्वाचन गर्ने अनौपचारिक सहमति भएको थियो ।
प्रधानमन्त्री देउवाले आइतबार नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा अब बस्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने बताएका थिए ।